
हुम तमु पोखरा, १५ पुस/ मुलुकभर छरिएर रहेका गुरुङ समुदायले मंगलबार आफ्नो सांस्कृतिक पर्व तमु ल्होछार विशेष हर्सोल्लासपूर्वक मनाए । काठमाडौंको टुँडिखेलमा आइतबारदेखि नै विभिन्न समारोह गरेर मनाईएको ल्होछारमा तमूहरु आफ्नो सांस्कृतिक भेषभूषमा सहिजएका थिए ।
तमुवान सहितको संघीय समावेशी संविधान, ल्होछार नेपाली राष्ट्रिय पहिचान नाराका साथ तमु धिं नेपालले पुस १० गतेदेखि शुरु गरेको ल्होछार कार्यक्रमहरु मंगलवार सम्पन्न गरेको छ । तमु धिं नेपाल नयाँबजारमा आयोजित कार्यक्रममा शिक्षा क्षेत्रका लामो समयदेखि सेवा प्रदान गर्दै आउनु भएका पृथ्वीनारायण क्याम्पसका पुर्व क्याम्पस प्रमुख गणेबहादुर तमु दश हजार रुपैयासहित डा.हर्क—चन्द्र—सन्त स्मृति सम्मानबाट सम्मानित हुनुभएको छ । उहाँलाई कार्यक्रमका प्रमुख अतिथि सभासद तुलबहादुर तमुले सम्मान पत्रसहित सम्मान गर्नुभएको हो ।
यसरी नै कार्यक्रममा तमु समाजमा लामो समयदेखि सेवा प्रदान गर्दै आउनु भएको तमु धिं नेपालमा छ कार्यकाल उपाध्यक्ष भई सेवा प्रदान गर्नुभएका भद्रबहादुर घले दश हजार रुपैया र सम्मानपत्रसहित स्वर्गीय कर्णेल तीर्थकुमारी तमु समाज सेवा सम्मान, स्वर्गीय तमु आदिकवि हर्क तमु स्मृति कोषबाट लोकसँस्कृति र तमु जातिको कला सँस्कृतिमा योगदान पुर्याएको भन्दै स्वर्गीय लोकबहादुर तमुलाई मरणोपरान्त र लामो समय समाज सेवा गर्नुभएकी जोगीमणी तमु समाज आमा समितिका अध्यक्ष केशरी तमु जनही सत्र हजार रुपैया र सम्मानपत्रसहित सम्मानित हुनभयो ।
ल्हु ल्होछार आगमनको अवसरमा तमु धिं नेपालद्धारा आयोजित अन्तिम दिनको कार्यक्रममा आकृति स्मृति अक्षयकोषबाट खिलाङ तमु समाजका ज्योति तमु र हल्जेभाई तमु समाजका दिपु तमुलाई, यसरी नै तमु धिं नेपाल छात्रवृत्तिबाट तमु विद्यार्थीहरु मध्ये कास्कीबाट सर्वोत्कृष्ठ अंक प्राप्त गरेका रमेश तमु र कृपा तमु जनही पाँच पाँच हजार रुपैया, प्रमाणपत्र सहित खादा पुर्व राज्य मन्त्री समेत रहनुभएका प्रमुख अतिथि तुलबहादुर तमु, आकृतिका बुबा र तमु धिं नेपालका कार्यवाहक अध्यक्ष कर्णेल रामकाजी तमुले वितरण गर्नुभयो । यसैविच कसमस इन्टर नेशनल कलेजले दृष्टिविहीन छात्र फारसुब्बा तमुलाई दशहजार कलेजका कार्यकारी निर्देशक तेजबहादुर तमुले हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा विष्णुकुमार तमुले आफ्नो छोरा स्वर्गीय सुनिल तमुको स्मृतिमा स्थापित तमु विद्यार्थी समितिद्धारा सञ्चालित सुनिल तमु स्मृति कोषबाट कालिका पब्लिक कजेलकी अञ्जु तमु, शुक्रराज बलभद्र उच्चमाविकी माया तमु, शुक्रराज बलभद्रकै विकेश तमु र जनप्रियका सुर्यकुमार तमु जनही पाँच हजार रुपैया छात्रवृत्ति प्राप्त गर्नुभयो भने तमु धिं नेपालका महासचिव रुद्रकुमारी तमु(मैना)द्धारा वार्षिक रुपमा प्रदान गर्दै आउनु भएको सिए कमला तमु छात्रवृत्तिबाट महेन्द्र उच्चमाविकी हिरामाया तमु र सचिन तमु छात्रवृत्तिबात कालिकाकी विमला तमुले दुई दुई हजार रुपैया छात्रवृत्ति प्राप्त गर्नुभयो । यसरी नै उच्च शिक्षा हासिल शिला तमु, विक्की तमु, मञ्जु तमु, लक्ष्मी तमु, कुमार तमु र प्रेक्क्षा तमु सम्मानपत्र खादा सहित सम्मानित हुनुभयो । यसरी नै तमु धिं नेपालका पुर्व महासचिव देवीराज तमुद्धारा आफ्ना बुबा भिमबहादुर तमुको नाममा स्थापित भिमबहादुर तमु ल्होछार खुल्ला छेलो प्रतियोगितामा पार्दी तमु समाजका निरज तमु प्रथम, लमजुङ समाजका विवेक तमु दोश्रो र खिलाङ तमु समाजका टेकबहादुर तमु तेश्रो हुदै क्रमश पाँच हजार, तीन हजार र दुई हजार रुपैया सहित, प्रमाणपत्र, फेटाबाट पुरस्कृत भए ।
तमु धिं नेपालका कार्यवाहक अध्यक्ष कर्णेल रामकाजी तमुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सभासद तुलबहादुर तमुले आन्दोलनबाट स्थापित अधिकार समेत गुम्न थालेकाले तमु लगायत आदिवासी जनजाति एवं विभेदमा पारिएका समुदायको एकतावद्ध दवाव जरुरी रहेको बताउनुभयो । उहाँले नयाँ बन्ने संविधानमा समान अवसर प्राप्तिका लागि समानुपातिका प्रतिनिधीत्वको सुनिश्चितता र सबैको पहिचान स्थापित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा तमु धिं नेपालका द्धितिय उपाध्यक्ष अनिता तमुले स्वागत, कार्यसमिति सदस्य दुर्गाबहादुर तमुले सञ्चालन गर्नुभएको कार्यक्रममा सल्लाहकार सन्तबहादुर तमु र सम्मानितको तर्फबाट कृपा तमुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

