१६ जना कलाकारको स्वर रहेको देशभक्ति गीत ‘मेरो देश नेपाल’ सार्वजनिक (भिडियो सहित)

Share:

काठमाडौँ । नेपालका ख्यातीप्राप्त १६ जना कलाकारको स्वर रहेको देशभक्ति गीत ‘मेरो देश नेपाल’ भिडियो सहित बुधबार सार्बजनिक गरिएको छ ।

गीतमा ख्यातिप्राप्त गायक गायिकाहरु राजेश पायल राई, प्रमोद खरेल, राज सिग्देल, अर्जुन पोखरेल, राजु परियार, मेलिना राई, कृष्ण काफले, अनिता चलाउने, बुद्ध लामा, निसान भट्टराई, किरण भुजेल, अस्मिता अधिकारी, प्रबिन बेडवाल, समिक्षा अधिकारी लगाएतको स्वर रहेको छ ।

निर्देशक बिधान कार्कीको निर्देशनमा तयार भएको बिपतीले हार मान्छ यहाँ “मेरो देश नेपाल” गीतको भिडियोमा रुबिना अधिकारी सँगै गायक गायिका सबैले अभिनय गरेका छन् । गायिका अनिता चलाउनेको प्रस्तुतिमा डिभाईन म्युजिक तथा नेपसिनेको सहकार्यमा गीतको भिडियो तयार पारिएको हो ।

गीतलाई अहिलेका चर्चित संगितकार अर्जुन पोख्ररेलले संगीत भरेका छन् भने अम्बिका शर्माको शब्द रहेको छ । राष्ट्रिय भावाना समेटिएकोे गीतको भिडियोलाई उत्सब दाहालले छायाँकन र बिकाश दाहालले सम्पादन गरेका हुन् । गीतले राष्ट्रियताको आवाज बोलेको निर्देशक कार्कीले बताएका छन् । नेपालीको दैनिकी र यसको सेरफोरो रहेको गीतको भिडियो मार्फत देश र राष्ट्रको माया जगाएको छ ।

निर्देशक कार्की पछिल्लो समयका व्यस्त म्युजिक भिडियो निर्देशकका रुपमा रहेका छन् । गएको महिनामा मात्र उनले करीब ४ वटा भिडियो निर्देशन गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: