
काठमाडौँ । अहिले गण्डकी प्रदेश, प्रदेश १, बागमती प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भइरहेको छ ।
आज (शुक्रबार) देशभर सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
हाल देशभर मनसुनी वायुको प्रभावका साथै मनसूनी न्युन चापीय रेखा पश्चिमी भूभागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भूभागमा नेपाल नजिक रहेको अवस्था रहेको महाशाखाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
