
पोखरा । पोखराका ३ सहित गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार पोखरा महानगरपलिकाका ३ सहित कास्कीका ५ जना, लमजुङका ३ जना तथा तनहुँ र बागलुङका १(१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
कोरोना पुष्टि हुनेमा कास्कीको पोखरा महानगरका ३५, २३ र ४० वर्षका ३ पुरुष, कास्कीकै अन्नपुर्ण गाउँपालिकाका ५५ वर्षका पुरुष र ५२ वर्षीया महिला छन् ।
यस्तै लमजुङका ३ पालिकाका २३ ,२५ र २९ वर्षीय पुरुष, बागलुङका २७ वर्षीय पुरुष र तनहुँका ४८ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ६० पुगेको छ ।
गण्डकी प्रदेशमा हालसम्म १ हजार ९१ संक्रमित भने निको भइ घर फर्किसकेको निर्देशनालयले जानकारी दिएको छ ।

