पिएन क्याम्पस नेपाली विभागद्वारा न्यौपानेलाई स्वागत

Share:

पोखरा । पृथ्वीनारायण क्याम्पस अन्तरगत नेपाली विभागले विभाग प्रमुख डा।कुशुमाकर न्यौपानेलाई स्वागत गरेको छ । सोमबार कार्यक्रमको आयोजना गरी नव–नियुक्त प्रमुख न्यौपानेलाई विभागले स्वागत गरेको हो ।

न्यौपाने पृथ्वीनारायण क्याम्पसको मानविकी संकाय नेपाली विभागका नव–नियुक्त विभागीय प्रमुख हुन् । न्यौपाने गत साउन ८ गते विभागीय प्रमुखमा नियुक्त भएका थिए ।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख उपेन्द्र पौडेल, गीता पौडेल, चन्द्रमणि आचार्य लगायत नेपाली विभागका शिक्षक शिक्षिकाको सहभागिता थियो ।

कार्यक्रममा सहभागीले राष्ट्र र राष्ट्रियताको पहिचान नेपाली भाषाको विकासका लागि पहल गरिनुपर्ने धारणा राखेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: