विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ६३ लाख नाघ्यो, ६ लाख ५१ हजार बढीको मृत्यु

Share:

काठमाडौँ । विश्वमा कोरना (कोभिड–१९) संक्रमितको संख्या १ करोड ६३ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ६३ लाख ९६ हजार ९ सय ५४ पुगेको छ।

कोरोना संक्रमणका कारण हालसम्म ६ लाख ५१ हजार ९ सय २ जनाको मृत्यु भइसकेको छ भने ९५ लाख १२ हजार ५ सय ६१ संक्रमित उपचार पछि निको भएका छन्।

विश्वमा सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४२ लाख ८६ हजार ६ सय ६३ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४७ हजार ५ सय ८८ पुगेको छ।

त्यस्तै, ब्राजिलमा संक्रमित संख्या २४ लाख ४२ हजार ३ सय ७५ पुगेको छ भने ८७ हजार ६ सय १८ संक्रमितको मृत्यु भइसकेको छ ।

यता भारतमा संक्रमितको संख्या १४ लाख ३५ हजार ४ सय ५३ पुगेको छ भने ३२ हजार ७ सय ७१ संक्रमितको मृत्यु भइसकेको छ ।

रुसमा संक्रमितको संख्या ८ लाख १६ हजार ६ सय ८० पुगेको छ भने १३ हजार ३ सय ३४ संक्रमितको मृत्यु भइसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: