
काठमाडौँ । नेपालमा थप २१० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट २१० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै डोटीका ५२ जनामा संक्रमण देखिएको छ ।
यस्तै पर्साका ३४ जना, स्याङ्जाका २६ जना, काठमाडौँ र महोत्तरीका १४/१४ जना, धनुषाका १२, मोरङ, कैलाली र कञ्चनपुर ८/८ जना तथा धादिङ र बाग्लुङ का ७/७ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी सप्तरी, कपिलवस्तु, नवलपुर, म्याग्दी र बैतडीका २/२ जना तथा सुनसरी, सर्लाही, भक्तपुर, रौतहट, तनहुँ र सुर्खेतका एकएक जनामा पनि संक्रमण देखिएको छ ।
सयसँगै नेपालमा संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । हाल ५ हजार ३ सय ६० सक्रिय संक्रमितको रहेका मन्त्रालयले जनाएको छ ।
यस्तै हालसम्म नेपालमा ४९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
थप १४६ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप १४६ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।
योसहित नेपालमा हालसम्म १४ हजार २१ उपचारपछि निको भएका छन्।
