नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

Share:

पोखरा । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बुधबार पर्साका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बुधबार ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र नेसनल मेडिकल कलेजमा ७१ वर्षीय पुरुषको मृत्यु भएको हो । दुवै जनामा पहिले नै स्वास्थ्य समस्या रहेको थियो । ७१ वर्षीय पुरुषमा मिर्गौलामा समस्या रहेको बताइएको छ । यस्तै अर्का ६८ वर्षीय पुरुष मुटु र निमोनियाका बिरामी रहेको जनाइएको छ ।

दुवैको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

यस अघि आजै नेपालमा थप २ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म नेपालमा संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: