
काठमाडौँ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ६ लाख ६४ हजार ७ सय ४८ पुगेको छ । हालसम्म विश्वमा संक्रमितको संख्या १ करोड ६९ लाख ४० हजार १ सय ७४ पुगेको छ भने ९८ लाख ९७ हजार २ सय ६९ संक्रमित उपचार पछि निको भइसकेका छन्।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी प्रभावित अमेरिकामा मृत्यु हुनेहरुको संख्या १ लाख ५० हजार नाघेको छ। त्यहाँ १ लाख ५० हजार ४ सय ४७ संक्रमितको मृत्यु भएको हो। अमेरिकामा संक्रमितको संख्या ४४ लाख १४ हजार ८ सय ३४ पुगेको छ।
यस्तै, ब्राजिलमा कोरोना संक्रमितको संख्या २५लाख ५२ हजार २ सय ६५ पुगेको छ भने ९० हजार १ सय ३४ संक्रमितको मृत्यु भइसकेको छ ।
यता भारतमा संक्रमित संख्या १५ लाख ३१ हजार ६ सय ६९ पुगेको छ भने ३४ हजार १ सय ९३ संक्रमितको मृत्यु भएको छ ।
रुसमा संक्रमितको संख्या ८ लाख २७ हजार ५ सय ९ पुगेको छ भने १३ हजार ६ सय ५० संक्रमितको मृत्यु भएको छ।
