मनकामना केबलकार पोखरा कपको खेल तालिका सर्वजनिक (खेल तालिका सहित)

Share:

गोकुल बानियाँ , पोखरा, १८ पुस । पुस २२ देखि पोखरामा सुरु हुने मनकामना केबलकार पोखरा कपको खेल तालिका सार्वजनिक भएको छ । आयोजक एन्फा कास्कीले शुक्रवार सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगितामा मनाङ मस्र्याङ्दी, नेपाली सेना, एभरेष्ट क्लब हङकङ र थ्री स्टार क्लब वाई पाएर सिधै क्वाटरफाईनलमा प्रबेश गरेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा रोलिङ स्पोर्ट क्लब झापा र सरस्वति क्लब भिड्नेछन् । उद्घाटन खेलको बिजेता टोलीले पुस २६ गते मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ । प्रतियोगिताको दोस्रो दिन पुस २३ गते नेपाल पुलिस क्लब र रुपन्देही बिच खेल हुनेछ । पुलिस र रुपन्देही बिचको बिजेताले पुस २७ गते सेमिफाईनल प्रबेशको लागि आर्मी क्लब संग खेल्नेछ ।
एपिएफ र धरान फुटबल क्लब बिच हुने पहिलो चरणको तेस्रो खेलको बिजेताले पुस २८ गते एभरेष्ट क्लब हङकङको सामना गर्नेछ । प्रिक्वाटरफाईनलको अन्तिम खेलमा आयोजक पोखरा ११ र सिएफसि भुटान बिच प्रतिश्पर्धा हुने कास्की जिल्ला फुटबल संघले जनाएको छ । भुटान र पोखरा बिचको बिजेताले पुस २९ गते थ्रिस्टर क्लब संग खेल्नेछ ।

taiset

१२ टिम सहभागि हुने प्रतियोगिता माघ ३ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ । प्रतियोगिता संयोजक मिलन गुरुङका अनुसार प्रतियोगिताको पुरस्कार राशी यसअघिकै यथावत राखी खेलाडिको भक्तामा भने बृद्धि गरिएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले ३ लाख ५५ हजार र दोस्रोले २ लाख १० हजार रुपँैया प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ठ खेलाडिलाई मोटरसाईकल प्रदान गरिनेछ भने पाच ओटा विभिन्न विधामा उत्कृष्ट हुनेलाई जनही १५ हजार रुपैया पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताबाट ६२ लाख रुपैँया आम्दानी गर्ने आयोजकको लक्ष्य छ । प्रतियोगिताका आर्थिक सँयोजक मदन केसीका अनुसार प्रतियोगिताबाट करिब १५ लाख रुपैँया वचतको अपेक्षा गरिएको छ । वचत भएको रकमबाट शान्ति स्तुपाको पहिरो रोकथामको लागि लागि सहयोग गरिने एन्फा कास्कीले जनाएको छ । अघिल्लो बर्ष जस्तै यस बर्ष पनि एक जना खेलकुद पत्रकारलाई सम्मान गरिने बताईएको छ ।

तीन ओटा संस्करण सम्म सफल दुधको प्रायोजनमा ‘सफल पोखरा कप’को नामबाट संचालन हुँदै आएको प्रतियोगिता यो बर्ष भने मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा मनकामना केबलकार पोखरा कपको नाममा सञ्चालन हुन लागेको हो ।

 

कमेन्ट गर्नुहोस्
Share: