तेलको मूल्य घट्यो, पेट्रोल साढे २ रुपैयाँ सस्तो

Share:

काठमाडौं १८ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको जारी बैठकले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा र डिजेल तथा मटितेलमा २ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।

नयाँ मूल्य अनुसार अब राजधानीमा पेट्राल प्रतिलिटर ११३ रुपैयाँ ५० पैसा पर्छ । डिजेल र मटितेल ९० रुपैयाँ लिटर भएको छ । स्वचालित मूल्य प्रणाली लागू भएपछि पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटेको छ । तर, अझै अन्तराष्ट्रिय बजार अनुपातमा मूल्य कम भएको छैन ।

कमेन्ट गर्नुहोस्
Share: