पहिरोमा परी एकैघरका चार जनाको मृत्यु

412
0
Share:

गुल्मी । गुल्मीमा पहिरो जाँदा एकैघरका ४ जनाको मृत्यु भएको छ। रुरुक्षेत्र गाउँपालिका–५, आटीपाटामा शुक्रबार बेलुकी ९ बजेतिर घरमाथिबाट पहिरो खस्दा एकै घरका चार जनाको मृत्यु भएको हो ।

पहिरोमा परी अन्दाजी ३० वर्षीया बिना माझी, उनका अन्दाजी १० वर्षका छोरा सागर, ७ वर्षका छोरा हेमन्त र अन्दाजी १० महिनाकी छोरी विनीताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयले मृतकको शव निकालेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: