सडक भासिएपछि बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

424
0
Share:

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभान र झुम्सामा सडक भासिएपछि बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै सडक भासिएपछि मालबाहक ट्रक, मिनी ट्रक तथा यात्रुबाहक बस सञ्चालनमा प्रशासनले रोक लगाएको छ ।

करिब १२ मिटर सडकमा डेढ फुट चौडाइसम्मको सडक चिरा परेर फाटेको प्रहरीले जनाएको छ । तीन दिनअघि सामान्य चिरा परेको सडक शनिबार थप भासिएको हो ।

यस्तै सोही स्थानको नजिकै तिनाउ–३ झुम्सामा पनि झण्डै ३५ मिटर राजमार्ग भासिएको बताइएको छ । दुई स्थानमा सडक भासिएपछि यो सडक खण्ड भएर बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, बागलुङ लगायतका जिल्लातर्फ जाने र उताबाट बुटवलतर्फ आउने सवारी साधनहरु बीच सडकमै रोकिएका छन् ।

उक्त स्थानमा आइतबार बिहानदेखि सडक खुलाउने काम भइरहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: