
काठमाडौँ । लेबनानको राजधानी बेरुतमा मंगलवार साँझ विष्फोटक पदार्थ राखिएको गोदाम घरमा ठूलो विष्फोट भएको छ ।
विष्फोटबाट ७० जना भन्दा धेरैको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । करिब चार हजार जना घाइते भएका बताइएको छ । यो बिष्फोटले करिव १० किलोमिटरको क्षेत्र सखाप बनाएको छ ।
गोदाममा विष्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएकाले यो घटना भएको बताइएको छ । गोदाममा सन् २०१४ देखि विष्फोटक पदार्थ भण्डारण गरेर राखिएको बताइएको छ । त्यहाँ २ हजार ७ सय ५० टन विष्फोटक पदार्थ नाइट्रेट रहेको थियो ।
यो घटनापछि लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन् । घटनालाई भयावह भन्दै उनले दोषी जो भए पनि उन्मुक्ति नपाउने बताएका छन् ।
कमेन्ट गर्नुहोस्
