
पोखरा । जिल्ला समन्वय समिति कास्कीका पदाधिकारीहरुले आफ्नो पदवहालीको चौथो वर्ष प्रवेशको अवसरमा मंगलबार कार्यालय परिसरमा सरसफाई, शुभकामना आदान प्रदान गर्नुका साथै जेष्ठ नागरिकलाई खाध्यान्न सहयोग गरेका छन् ।
समितिका पदाधिकारीले २०७४ साल साउन २० गते आफ्नो पदभार ग्रहण गरेका थिए । गत आर्थिक वर्षमा मात्र जिल्लामा संचालनमा रहेका तीन सय भन्दा बढी योजनाको अनुगमन गरिएको,स्थानीय पुर्वाधार विकास साँझेदारी कार्यक्रमको अनुगमन गरिएको,५० भन्दा वढी समन्वयात्मक बैठक गरिएको, प्रदेस स्तरीय विचार गोष्ठी गरिएको, गैरसरकारी संघ सस्थाले संचालन गरेका परियोजनाको स्थलगत अनुगमन गरिएको, जिल्ला समन्वयको मौज्दातकोष परिचालन अन्तर्गत मादी गाउँपालिकामा सात वटा वडाकार्यालय, अन्नपूर्ण गाउँपालिकामा ५ वटा वडाकार्यालय भवन, माापुच्छ«े गाउँपालिकामा एउटा वडा भवन र प्रशासकीए भवन, तीन वटा विद्यालयमा भौतीक सुधार गरिएको,६ विद्यालयमा खानेपानी, शौचालय निर्माण गरिएको, राष्ट्रिय पुननिर्माणको सहजीकरण अन्तर्गत २ वटा मोटरबाटो निर्माण, ४ हजार भन्दाबढी निजिघर निर्माणको अन्तिम चरणमा पुगेको, एक सय ५० भन्दा बढी विद्यालय भवन निर्माण गरिएको, जिल्ला भित्रका ७२ वटै वडामा कोभिड १९को व्यवस्थापनको अनुगमन कार्य गरिएको समितिका प्रमुख वैनबहादुर क्षेत्रीले जानकारी दिए ।
शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरी बहादुर चुमानले हाल जिल्ला समन्वय समितिले गरिरहेको अनुगमनको कामलाई अझ बढी प्रभावकारी बनाउन प्रदेश सरकार आवश्यक कानून निर्माणको तयारीमा जुटेको बताए । संविधानमा उल्ल्ेख गरिएका संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची वाँडफाँड गरेर कार्यान्वयन हुन नसक्दा जिल्ला समन्वयले गरेको काम प्रभावकारी हुन नसकेको उनको भनाई थियो ।
पोखरा महानगरका प्रमुख मानवहादुर जिसिले जिल्लालाई भन्दा प्रदेशलाई बलियो बनाउनुपर्छ भन्ने पक्षमा आँफू रहेको बताए । पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले जिल्ला समन्वयले समन्वयकारी भूमिका खेल्न सक्यो कि सकेन, आफ्नो अधिकारको प्रयोग गर्न सक्यो वा सकेन त्यसको लेखाजोखा गर्ने बेला आएको बताए ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख एवं कार्यक्रमका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीले संविधानको मर्म अनुरुप संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले गरेका कामको अनुगमन समन्वय समितिले गर्ने भनिएपनि प्रदेश सरकारले कानून नबनाउदा अनुगमनलाई प्रभावकारी बनाउन नसकिएको स्वीकार गरे । अनुगमनलाई प्रभावकारी बनाउने गरी कानून निर्माण गरिदिन उनले प्रदेश सरकारसँग माग गरे ।
मंगलबार नै समितिका पदाधिकारीले पोखरा ३२ मा रहेको राधाकृष्ण वृदाश्रमलाई खाध्यान्न सहयोग गरेका छन । वृद्धाश्रमा पुगेर फ्रुटी, दही, चिनि, पनिर, मसला, तील, चियापत्ति, खानेतेल, आँटा, फलफूल, तरकारी लगएतका खाध्यान्न प्रदान गरे । सो अवसरमा जिल्लाा समन्वय प्रमुख अधिकारीले जीउदो ईतिहास वोकेका वृद्धवृद्धा हाम्रो धर्म सस्कृती अनुसार देवता समान रहेको भन्दै वृद्धवृद्धाको संरक्षकत्वमा सँगै वस्न पाएकोमा सन्तानले गर्व गर्नुपर्ने बताए । आश्रम संचालक समितिका अध्यक्ष प्रेम लिगलको अध्यक्षतमा भएको कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, माछापुच्छ«े गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङ, जिल्लाा समन्वय उपप्रमुख सावित्रि भण्डारी, जिल्लाा समन्वय अधिकारी नवराज बरालले वृद्धवृद्धाको अनुभवलाई राज्यको सम्पती मानेर उनीहरुको अनुभवलाई पुस्ताहस्तान्तरण गर्नुपर्ने बताए ।


