
पोखरा । पोखरा महानगरपालिकाका थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बुधबार बिहान पोखरा महानगरपालिकाका ९ जना पुरुषमा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५२ पुगेको छ ।
प्रदेशमा हालसम्म १ हजार ३ सय ५४ जना निको भएर घर फर्किसकेका छन् ।
कमेन्ट गर्नुहोस्

