
पोखरा । सुनको मुल्य तोलाको एक लाख रुपैयाँ नाघेको छ ।
आज एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको मुल्य तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको यो मुल्य नेपालमा हालसम्म कै उच्च हो। यस अघि मंगलबार सुन प्रतितोला ९९ हजार ८ सयमा कारोबार भएको थियो। यस्तै आज तेजावी सुनको मुल्य प्रति तोला एक लाख ९०० मा कारोबार भइरहेको छ।
यसैगरी आज चाँदीको मुल्य पनि तोलामा ६५ रुपैयाँ बढेर तोलाको १२ सय ९५ रुपैयाँ मा कारोबार भइरहेको छ।
कमेन्ट गर्नुहोस्
