
पोखरा । पोखराका एक सहित गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
बुधबार दिउँसो गण्डकी प्रदेश अन्तर्गत पोखराका एक ३८ वर्षीय पुरुष तथा बाग्लुङका एक ३४ वर्षीय पुरुष र २५ वर्षीया महिला गरी थप ३ जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।
यसअघि आज विहान मात्रै पोखरा महानगरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५५ पुगेको छ ।
यसैगरी प्रदेशमा हालसम्म १ हजार ३ सय ६२ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
कमेन्ट गर्नुहोस्
