विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख नाघ्यो, १ करोड ८७ लाख संक्रमित

Share:

काठमाडौँ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेकोहरुको संख्या ७ लाख नाघेको छ। पछिल्लो तथ्याङ्क अनुसार विश्वमा ७ लाख ४ हजार ८ सय ९ जनाको मृत्यु भएको हो।

विश्वमा हालसम्म संक्रमितको संख्या १ करोड ८७ लाख १० हजार ६ सय ६८ पुगेको छ भने १ करोड १२ लाख ८४ हजार १ सय ५० जना निको भएका छन्।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरसका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

अमेरिकामा कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या १ लाख ५७ हजार ९ सय ३० पुगेको छ । त्यहाँ ४८ लाख १८ हजार ३ सय २८ संक्रमित भएका छन्।

यस्तै, ब्राजिलमा मृत्यु हुनेको संख्या ९७ हजार २ सय ५६ पुगेको छ भने संक्रमितको संख्या २८ लाख ५९ हजार ७३ पुगेको छ ।

यता भारतमा मृत्यु हुनेको संख्या ३९ हजार ७ सय ९५ पुगेको छ भने १९ लाख ८ हजार २ सय ५४ जना संक्रमित भएका छन्।

कमेन्ट गर्नुहोस्
Share: