सुनको भाउ आजै तोलामा ११ सय वृद्धि

399
0
Share:

काठमाडौँ । सुनको भाउले आज पनि ऐतिहासिक रेकर्ड कायम गरेको छ । सुनको भाउ बिहीबार प्रतितोला ११ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको हो । नेपालमा सुनको यो मूल्य हालसम्मकै उच्च हो ।

महासंघले तेजाबी सुनको प्रतितोला मूल्य १ लाख २ हजार रुपैयाँ तोकेको छ ।

बिहीबारका लागि चाँदीको खरिद बिक्री मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ छ ।

कमेन्ट गर्नुहोस्
Share: