
पोखरा । पोखराका ४ सहित गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
बिहीबार दिउँसो प्रदेशका ५ जिल्लाका ९ जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।
आज कास्की जिल्लाको पोखरा महानगरका ३ पुरुष र १ महिलासहित स्याङ्जाका २ पुरुष, तनहुँ र गोरखाका १(१ महिला तथा पर्वतका १ पुरुषमा कोरोना पुष्टि भएको हो ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ७५ पुगेको छ ।
कमेन्ट गर्नुहोस्

