पोखराका २ सहित गण्डकीमा थप ४ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका २ सहित गण्डकीमा थप ४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

शुक्रबार बिहान कास्की जिल्लाको पोखरा महानगरका २ पुरुषसहित नवलपुर र स्याङ्जाका १/१ पुरुषमा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ७९ पुगेको छ ।

यसैगरी गण्डकीमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको संख्या १ हजार ३ सय ८३ पुगेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: