
काठमाडौँ । नेपालमा थप ३७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३७८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २२ हजार ५९२ जना पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ४९९ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएका हुन् । यो सँगै नेपालमा संक्रमणमुक्त भइ डिस्चार्ज हुनेको संख्या १६ हजार ३१३ पुगेको छ ।
हाल ६ हजार २ सय ६ जना संक्रमितको उपचार भइरहेको छ।
कमेन्ट गर्नुहोस्
