
पोखरा । पोखरामा एक किलो २ सय ग्राम गाँजा सहित २ युवालाई प्रहरीले पक्राउ गरेको छ ।
आज (सोमबार) पोखरा महानगरपलिका– १० शिवमार्गबाट स्याङ्जा हरिनास गाउँपालिका–४ बाङगेश्वाराका २० वर्षीय जीत बहादुर विक तथा धादिङ सिद्धलेक गाउँपालिका–६ कुम्पुरका २३ वर्षीय रोहित घले पक्राउ परेका हुन् ।
हाल उनीहरु दुवै पोखरा–१० शिवमार्गमै बस्दै आएको प्रहरीले जनाएको छ ।
शिवमार्ग स्थित केहि व्यक्तिहरुले लागूऔषध गाँजा सेवन तथा बिक्री वितरण समेत गरिरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
