नेपालमा कोरोनाबाट थप ४ को मृत्यु

Share:

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा महोत्तरी, धनुषा, अछाम र मोरङका एकएक जना गरी ४ जनाको मृत्यु पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

कोरोना संक्रमणबाट महोत्तरीको मटिहानी नगरपालिका– ६ का ४५ वर्षीय पुरुषको मृत्यु पुष्टी भएको छ । उनको साउन २५ गते आइतबार रामजानकी अस्पतालमा मृत्यु भएको थियो । ती व्यक्ति क्षय रोगका बिरामी समेत थिए ।

यस्तै धनुषाको मिथिला नगरपालिका– ७ ढल्केवरका ८५ वर्षीया महिलाको मृत्यु भएको छ । उनको हिजो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

अछामका रामारोशन गाउँपालिका–५ का १८ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको हिजो पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा मृत्यु भएको होे । उनी मुटु रोगका बिरामी थिए ।

यसैगरी मोरङको विराटनगर महानगरपालिका–३ का ५७ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको हिजो कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो । ती व्यक्ति मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।

कमेन्ट गर्नुहोस्
Share: