
पोखरा । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचारकेन्द्र, पोखरामा गरिएको परिक्षणमा शुक्रबार विहान दुई जिल्लाका २१ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार गण्डकी प्रदेश अन्तर्गत तनहुँको भानु नगरपालिका–१ का २२ देखि ५० वर्ष उमेर समुहका १४ जना पुरुष र ५ देखि ५६ वर्ष उमेर समुहका ६ जना महिला तथा स्याङ्जाको पुतलिबजार–१ का ३९ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरुलाई सम्बन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको जनाइएको छ ।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ८१ पुगेको छ ।
कमेन्ट गर्नुहोस्

