कास्कीमा फेरी थपिए ५ कोरोना संक्रमित, तनहुँमा ४ थपिए

Share:

पोखरा । कास्कीको पोखरामा फेरी ५ र तनहुँमा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान ९ः३० बजे सुचना जारी गरी कास्कीको पोखरा महानगरका ४ वटा वडाका १ महिला र ४ पुरुष गरी ५ जना र तनहुँको व्यास नगरपालिकाका दुई पुरुष र दुई महिला गरी ४ जनामा कोरोना पुष्टि भएको जनाएको हो ।

पछिल्लो सुचनाअनुसार संक्रमित हुनेमा पोखरा–८ का ५१ र ५२ वर्षका २ जना पुरुष, पोखरा–३२ की ८६ वर्षीया महिला, पोखरा–२६ का ५३ वर्षीय पुरुष र पोखरा–२८ का ३८ वर्षीय पुरुष रहेका छन् ।

यसैगरी तनहुँको व्यास नगरपालिका–१ का ९ र ४० वर्षका २ जना पुरुष तथा १३ र ३६ वर्षका २ जना महिलामा पनि कोरोना पुष्टि भएको छ ।

यसअघि आज विहान ६:३० बजे निर्देशनालयले सुचना जारी गर्दै कास्कीका ५ र तनहुँका १ जनामा कोरोना पुष्टि भएको जनाएको थियो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय १८ पुगेको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: