नवलपरासी पूर्वका थप २ जनामा कोरोना संक्रमण पुष्टि

Share:

नवलपुर । नवलपरासी पूर्वका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार दिउँसो विनयत्रिवेणी गाउँपालिका–१ का ३७ र ४२ वर्षका २ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ७ सय २१ पुगेको छ ।

यसैगरी प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ५ सय २७ पुगेको पनि निर्देशनालयले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: