
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय आज (सोमबार) बैठक बस्दै छ । बैठक आज विहान ९ बजेका लागि बोलाइएको छ ।
नेकपामा जारी विवादको समाधानका लागि शुक्रबार गठन भएको कार्यदललाई सचिवालयले अनुमोदन गर्न बैठक बस्न लागेको हो।
यसअघि सचिवालयकै केही सदस्यहरुले कार्यदलको वैधानिकतामाथि प्रश्न उठाएपछि सचिवालय बैठकबाट अनुमोदन गर्न लागिएको हो ।
विवाद समाधानका लागि शुक्रबार ६ सदस्यीय कार्यदल गठन गरिएको थियो। विष्णु पौडेल नेतृत्वको कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल, सुरेन्द्र पाण्डे सदस्य छन्।
कार्यदलले शनिबारदेखि नै काम सुरु गरिसकेको छ ।
कमेन्ट गर्नुहोस्
