थप ५८१ जनामा कोरोना पुष्टि, १५९ डिस्चार्ज

Share:

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १५९ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् । योसहित नेपालमा निको हुनेको संख्या १७ हजार ४९५ पुगेको छ । हाल निको हुनेको अनुपात ६४ दशमलव २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

आइतबार ११ हजार ५ सय २० जनाको परीक्षण भएको छ। हाल ९ हजार ६ सय ३९ जना सक्रिय संक्रमित छन्।

हाल १५ हजार १ सय ९८ जना क्वारेन्टीनमा छन् भने होम आइसोलेसन २ हजार ६ सय १ जना छन्।

कमेन्ट गर्नुहोस्
Share: