आज हरितालिका तीज पर्व

Share:

पोखरा । आज हरितालिका तीज पर्व । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज आज नाचगान र पूजा उपासना गरेर मनाईंदैछ ।

आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

गएराति मिठा एवं पोषिला परिकार दरका रुपमा खाएर व्रतको पूर्व तयारी गरेका व्रतालु आज बिहानै व्रत बसेर शिवालयमा गएर पूजाआजा गर्छन् । साथै दिदीबहिनीहरु जम्मा भइ नाचगान सँगै वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् ।

तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण तीजमा सामूहिक भेला हुन रोक लगाइएको छ । महामारीको जोखिम बढ्न सक्ने भन्दै सरकारले धार्मिक स्थल बन्द गरेको छ । जसअनुसार आज महिलाले घरमै तीज मनाइरहेका छन् ।

भाद्र शुक्ल द्वितीयामा दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

कमेन्ट गर्नुहोस्
Share: