
पोखरा । पोखराका ३ जना सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार विहान पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, प्रदेश क्षयरोग केन्द्र पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कास्की सहित गण्डकीका ५ जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालाय गण्डकीले जनाएको छ ।
कास्कीको पोखरा महानगरपालिकाका ३ जना, बाग्लुङका १ जना, तनहुँका २ जना, स्याङ्जाका २ जना र नवलपारसीका ३ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
कास्कीको पोखरा महानगरपालिका–९ का ६१ बर्षीय महिला र ६ बर्षीया बालिका तथा पोखरा–४ का ३५ बर्षीय पुरुषमा कोरोना देखिएको छ ।
यसैगरी बाग्लुङको बाग्लुङ नगरपालिका–२ का २६ वर्षीय पुरुष, तनहुँको भिमाद–३ का ४८ वर्षीय पुरुष र आँबुखैरेनी–३ का २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्जाको वालिङ–१३ का ४५ वर्षीय पुरुष र फेदीखोला–२ का ३० वर्षीय पुरुषमा तथा नवलपुरको कावासोती– १६ का ४० वर्षीय पुरुष, देवचुली–७ र १७ का ४४ र ४२ वर्षीय पुरुषमा कारोना संक्रमण देखिएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८५५ पुगेको छ ।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।
