
काठमाडौँ । नेपालमा मंगलबार ८५५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २७१ महिला र ५८४ पुरुष गरी ८५५ जना कोरोना संक्रमित थपिएका हुन् ।
यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयलका अनुसार मंगलबार सबै भन्दा धेरै काठमाडौँमा १९९ जना संक्रमित थपिएका छन् ।
यस्तै रुपन्देहीका ६९ जना, सर्लाहीका ५८ जना, डोटीका ४५ जना, रौतहटका ४४ जना, मोरङका ४३ जना, धनुषाका ४२ जना, चितवनका ३७ जना र कपिलवस्तुका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
ललितपुर र अछामका १९/१९ जना, दाङका १८ जना, बारा र महोत्तरीका १७/१७ जना, कैलाली र सुनसरीका १६/१६ जना, बाँकेका १५ जना, भक्तपुरका १४ जना, कास्कीका १३ जना र कञ्चनपुरका १२ जनामा पनि कोरोना देखिएको छ ।
यस्तै बझाङका ९ जना, धादिङ र नवलपरासीका ८/८ जना, तनहुँ र बर्दियाका ६/६ जना, झापा, काभ्रे, कालिकोट र सुर्खेतका ५/५ जना, पर्सा, नवलपुर, पाल्पा, प्युठान, दैलेख र सल्यानका ४/४ जना, सप्तरी, सिराहा, दोलखा र रोल्पाका ३/३ जनामा कोरोना देखिएको छ ।
यसैगरी सोलुखुम्बु, मकावनपुर, सिन्धुपाल्चोक, डडेलधुरा, बैतडी, गोरखा, पर्वत र गुल्मीका २/२ जना तथा उदयपुर, ओखलढुङ्गा, खोटाङ, नुवाकोट, रामेछाप, लम्जुङ, बाग्लुङ, अर्घाखाँची, जुम्ला, र मुगुका एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको छ।
यस्तै डिस्चार्ज हुनेको संख्या १९ हजार ११९ पुगेको छ । मन्त्रालयका अनुसार ५७ प्रतिशत डिस्चार्ज भएका हुन् ।
विगत २४ घण्टायता ११ हजार ३ सय २७ जनाको पिसिआर परीक्षण भएको छ भने हालसम्म ६ लाख २१ हजार ९ सय १ जनाको परीक्षण भएको छ।
हाल आइसोलेनमा १४ हजार २ सय ५० छन् । जसमध्य होम आइसोलेनमा ५ हजार ६ सय ६९ जना र संस्थागत आइसोलेनमा ८ हजार ५ सय ८१ जना छन् । हाल १० हजार ४ सय ५३ जना क्वारेन्टीनमा छन्।
