पोखरामा फेरी थपिए एक कोरोना संक्रमित

Share:

पोखरा । पोखरामा बुधबार बिहान फेरी १ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार बिहान तेस्रो चरणमा सार्वजनिक गरेको विज्ञप्ति अनुसार पोखरा– १४ का ५८ वर्षीय पुरुषमा कोरोना सक्रमण पुष्टि भएको हो ।

उनी पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् । कोरोना पुष्टि भए सँगै उनलाई आइसोलेसनमा लैजाने तयारी भएको बताइएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ४६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: