
काठमाडौँ । नेपालमा थप ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८८५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ जना पुगेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा ३८५ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । उनीहरु देशका विभिन्न अस्पतालबाट निको भएर घर फर्किएका हुन्।
यससँगै नेपालमा निको हुनेको संख्या १९ हजार ५ सय ४ पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय ३९ जना छन्। ६ हजार २८ जना होम आइसोलेसनमा छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ७११ जना छन् ।
हालसम्म ६ लाख ३५ हजार २५२ जनाको आरटि पिसिआर परिक्षण भएको छ । विगत २४ घण्टामा १३ हजार २५३ जनाको पिसिआर परिक्षण भएको छ ।
हाल ९ हजार ८३२ क्वारेन्टीमा रहेका छन् ।
