नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु पुष्टि

Share:

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ११ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २ महिला र ९ पुरुष गरी ११ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

प्रवक्ता डा. गौतमका अनुसार मोरङका ४६ वर्षीया महिला र भक्तपुरका ५३ वर्षीया महिलाको मृत्यु भएको छ ।

यसैगरी महोत्तरीका ६०, ७२ र ७५ वर्षका ३ पुरुष, कैलालीका ४५ र ५० वर्षका २ पुरुष, बाराका ४१ र ४६ वर्षका २ पुरुष, बाँकेका ३७ वर्षीय पुरुष र काठमाडौँका ५१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ । हालसम्मको मृतक दर ०.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ जना पुगेको छ भने १९ हजार ५ सय ४ जना निको भएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय ३९ जना छन्। ६ हजार २८ जना होम आइसोलेसनमा छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ७११ जना छन् ।

हालसम्म ६ लाख ३५ हजार २५२ जनाको आरटि पिसिआर परिक्षण भएको छ । विगत २४ घण्टामा १३ हजार २५३ जनाको पिसिआर परिक्षण भएको छ ।

हाल ९ हजार ८३२ क्वारेन्टीमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: