
काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । पछिल्लो २४ घण्टामा ८८५ जना नयाँ संक्रमित थपिएसँगै कुल संख्या ३४ हजार ४१८ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २९९ महिला र ५८६ पुरुष गरी ८८५ जनामा कोरोना देखिएको जानकारी दिएको हो ।
प्रवक्ता डा. गौतमका अनुसार आज सबैभन्दा धेरै २३० जना संक्रमित थपिएको छ ।
यस्तै सर्लाहीमा १२० जना, सुनसरीमा ५५ जना, ललितपुरमा ४७ जना, धनुषाका ४३ जना, चितवनका ४२ जना, कैलालीका २९ जना, भक्तपुर र बाराका २४/२४ जना, लम्जुङका २३ जना, प्युठानका २२ जना, काभ्रेका २१ जना, रौतहट र अछामका २०/२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रुपन्देहीका १९ जना, महोत्तरी र मकावनपुरका १८/१८ जना, झापा र दाङका १६/१६ जना, मोरङका १३ जना, तेह्रथुमका ८ जना, नवलपुर र सुर्खेतका ७/७ जना, पाँचथर, कास्की, कपिलवस्तु र बाँकेका ४/४ जनामा पनि कोरोना देखिएको छ ।
सिराहाका ३ जना, दोलखा, धादिङ, नवलपरासी, कञ्चनपुर, डडेलधुरा र डोटीका २/२ जना तथा खोटाङ, पर्सा, सप्तरी, रामेछाप, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, बर्दिया, रोल्पा, जाजरकोट, दोलखा र सल्यानका एकएक जनामा कोरोना पुष्टि भएको छ ।
हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ । हालसम्मको मृतक दर ०.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
१९ हजार ५ सय ४ जना निको भएका छन् भने हाल सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय ३९ जना छन्। ६ हजार २८ जना होम आइसोलेसनमा छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ७११ जना छन् ।
हालसम्म ६ लाख ३५ हजार २५२ जनाको आरटि पिसिआर परिक्षण भएको छ । विगत २४ घण्टामा १३ हजार २५३ जनाको पिसिआर परिक्षण भएको छ । हाल ९ हजार ८३२ क्वारेन्टीमा रहेका छन् ।
