यस्तो छ आज देशभरको मौसम पूर्वानुमान!

Share:

पोखरा । अहिले देशभर सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज (बिहीबार) दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: