
पोखरा । जुवा खेलिरहेको अवस्थामा पोखराको रामबजारबाट ५ जना पक्राउ परेका छन् ।
पोखरा– १४ खसिबजार स्थित एक घरमा जित बहादुर कुवंरले संचालन गरेको जित रियलस्ट्रिक एण्ड हाउजिङ प्रा.लि.को कोठामा अबैध रुपमा जुवातास खेल्ने खेलाउने गरेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलिले बुधबार उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा–१३ मियापाटन बस्ने बर्ष ४२ को जिबन नेपाली, पोखरा– १३ बाझापाटन बस्ने बर्ष ३५ को ओम बहादुर नेपाली, पोखरा– १० रामबजार बस्ने बर्ष ५४ को देबिलाल तिमिल्सिना, चितवन भरतपुर– २५ घर भई हाल पोखरा– १४ बिपिमार्ग बस्ने बर्ष ४० को कृष्णहरी दवाडी र तनहुँ भिमाद– २ घर भई हाल पोखरा– १४ चाउथे बस्ने बर्ष ४० को ओम बहादुर आले रहेका छन् ।
उनीहरुको साथबाट १ लाख ३६ हजार १७० रुपौँया र ५२ पत्ती तास समेत बरामद गरीएको बताइएको छ । पक्राउ परेका उनीहरुलाई कानूनी कारवाही अगाडी बढाईएको पनि प्रहरीले जनाएको छ ।
