
सिन्धुपाल्चोक । राप्रपा जिल्ला कार्य समिति सिन्धुपाल्चोकले जुगल गाउँपालिका वडा नंं २, लिदिका बाढीपहिरो पिडितलाई राहत वितरण गरेको छ ।
राप्रपाका केन्द्रीय सदस्य रमेश बहादुर लामा, गोपाल श्रेष्ठ, उदय सापकोटा, दईन्द्र ठकुरी, शिव भण्डारी, उत्तम भण्डारी, शेर बहादुर शाही, कुमारी तामाङ लगायतको उपस्थितीमा राहत वितरण कार्य सम्पन्न भएको थियो ।
राप्रपाले जुगल गाउँपालिका वडा नं. २, लिदिका बाढीपहिरोबाट मृतक प्रत्येक परिवारलाई बाह् हजार नगद, घर पुरिएका परिवारलाई छ हजार नगद र विस्थापित १७२ घरपरिवारलाई दुई हजार का दरले राहत वितरण गरिएको थियो ।
राहत वितरणमा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ्ग, सोही वडा का वडा अध्यक्ष लगायतको समेतको उपस्थिती रहेको थियो ।
कमेन्ट गर्नुहोस्
