
काठमाडौँ । भारतमा एकै दिन ७६ हजारभन्दा बढी संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ७६ हजार ८ सय २६ संक्रमित थपिएका हुन्। एकै दिन धेरै संक्रमित थपिएको यो अर्को रेकर्ड हो। बुधबारमात्रै त्यहाँ ७५ हजार ९ सय ९५ संक्रमित थपिएका थिए।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म भारतमा संक्रमितको संख्या ३३ लाख १० हजार २ सय ३४ पुगेको छ भने ६० हजार ४ सय ७२ जनाको मृत्यु भएको छ। भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकमा तेस्रो स्थानमा छ ।
दोस्रोमा ब्राजिल रहेको छ जहाँ ३७ लाख १७ हजार १ सय ५६ जना संक्रमित भएका छन् भने १ लाख १७ हजार ६ सय ६५ जनाको मृत्यु भएको छ।
सबै भन्दा बढी प्रभावित मुलुकमा अमेरिका रहेको छ । अमेरिका हालसम्म हालसम्म ५८ लाख ६० हजार ३ सय ९७ जना संक्रमित भएका छन् भने १ लाख ८० हजार ५ सय २७ जनाको मृत्यु भएको छ।
