तनहुँमा भीरबाट लडेर एक बृद्धको मृत्यु

Share:

तनहुँ । तनहुँमा भीरबाट लडेर एक बृद्धको मृत्यु भएको छ ।

भिमाद नगरपालिका–२ सीमलभञ्ज्याङ निवासी ६७ वर्षीय नैनसिंह थापाको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो गोरु चराउन गएका थापा सीमलभञ्ज्याङको भीरबाट खसेर गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल लैजाने क्रममा थापाको बाटोमा नै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: