
काठमाडौँ । नेपालमा थप ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
२४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३०३ महिला र ५९६ पुरुष ८९९ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै काठमाडौँमा १९० जना संक्रमित थपिएका छन् ।
यस्तै सर्लाहीका १०३ जना, चितवनका ७१ जना, ललितपुरका ६७ जना, मकावनपुरका ४२ जना, भक्तपुरका ४१ जना, सुर्खेतका ३८ जना, पर्साका ३४ जना, धनुषाका ३१ जना, तनहुँका २६ जना, सुनसरीका २५ जना, बारा र अछामका २३/२३ जना, सप्तरीका २२ जना, मोरङका १९ जना, कैलालीका १६ जना, बाँकेका १४ जना, काभ्रे र गोरखाका १३/१३ जना, रुपन्देहीका ११ जनामा कोरोना देखिएको हो ।
संखुवासभाका ९ जना, सिन्धुली र कञ्चनपुरका ७/७ जना, महोत्तरीका ६ जना, झापा र सिराहाका ५/५ जना, नवलपुर र बाग्लुङका ४/४ जना, कास्की र नवलपरसीका ३/३ जना, दोलखा, रामेछाप, लमजुङ, अर्घाखाँची, बर्दिया र बैतडीका २/२ जना तथा ओखलढुङ्गा, खोटाङ, रौतहट, धादिङ, सिन्धुपाल्चोक, कपिलवस्तु, पाल्पा, जुम्ला, डोटी र बझाङका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० जना पुगेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा ५८८ जना संक्रमुक्त भइ डिस्चार्ज भएका छन् । उनीहरु देशका विभिन्न अस्पतालबाट निको भएर घर फर्किएका हुन् ।
यससँगै नेपलमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २१ हजार ४१० पुगेको छ । यो कुल संक्रमितको ५४ प्रतिशत प्रतिशत हो।
हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ ।
गत २४ घण्टामा ११ हजार १२० पिसिआर परीक्षण भएको छ भने हालसम्म ६ लाख ९३ हजार ४७२ पिसिआर परिक्षण भएको छ ।
हाल १७ हजार ८२२ जना संक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा १० हजार ७०१ छन् भने होम आइसोलेसनमा ७ हजार १ सय २१ जना छन्।
हाल ७ हजार ३३७ जना क्वारेन्टीनमा छन्।
