
पोखरा । देशभरको मौसम आज (बुधबार) सामान्यतया बदली भई धेरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले गण्डकी प्रदेश तथा प्रदेश ५ का धेरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश ५ का थोरै स्थान तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि मौसमविदले आग्रह गरेका छन् ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सर्ने क्रममा रहेको छ ।
कमेन्ट गर्नुहोस्
