पोखरामा अस्पतालमा कार्यरत एक नर्स र २० प्रहरीसहित गण्डकीमा ३५ कोरोना संक्रमित थपिए

Share:

पोखरा । पोखरामा अस्पतालमा कार्यरत एक नर्स र २० प्रहरीसहित गण्डकी प्रदेशमा ३५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार बिहान विज्ञप्ति जारी गरी प्रदेश अन्तर्गत कस्कीका २३, नवलपुरका ७, लमजुङका ४ र तनहुँका १ जना गरी ३५ जनामा कोरोना देखिएको जानकारी दिएको हो ।

बिहान पार्कल्याण्ड अस्पताल पोखरामा कार्यरत स्वस्थ्यकर्मी (स्टाफ नर्स) तनहुँ शुक्लागण्डकी– १ की २६ वर्षीया महिला, कास्कीको पोखरा–१७ मा कार्यरत २१ देखि ४२ वर्ष उमेर समुहका २० जना नेपाल प्रहरीसहित पोखरा–१३ का २७ वर्षीय पुरुष तथा पोखरा–१४ का ३० र ५७ वर्षीया दुई महिलामा कोरोना देखिएको छ ।

यस्तै ओमानबाट फर्किएका लमजुङ सुन्दरबजार– २ का ५० वर्षीय पुरुष, सुन्दरबजार– ९ की किराना पसल संचालक ४९ वर्षीया महिला र सुन्दरबजार– ९ कै ४५ वर्षीया महिला र ४८ वर्षीय पुरुष मा पनि कोरोना देखिएको छ ।

यसैगरी नवलपुर गैंडाकोट– ९ की ४० वर्षीया महिला र देवचुली– १६ का ७६ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या २२ सय ४५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: