पोखरामा डोजर व्यवसाय संचालन गर्ने एक जनामा कोरोना संक्रमण

Share:

पोखरा । पोखरामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वस्थ्य निर्देशनालय गण्डकीले बुधबार जारी गरी देस्रो अध्यावधिक विवरण अनुसार डोजर व्यवसाय संचालन गर्ने एक जनामा कोरोना पुष्टि भएको छ ।

निर्देशनालयका अनुसार हाल पोखरा अमरसिंह चोकमा बसोबास गरिरहेका तनहुँ ब्यास–६ का २४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

उनलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको जनाइएको छ ।

यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २२ सय ४६ पुगेको छ ।

यसअघि आज बिहानै पोखरामा अस्पतालमा कार्यरत एक नर्स र २० प्रहरीसहित गण्डकीमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: