पोखरामा एक सहित गण्डकीमा १८ कोरोना संक्रमित थपिए

Share:

पोखरा । गण्डकी प्रदेशमा फेरी १८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार दिउँसो जारी गरेको तेस्रो विज्ञप्तिअनुसार कास्कीको पोखरा १ का २८ वर्षीय पुरुषसहित ५ जिल्लाका १८ जनामा कोरोना देखिएको हो ।

निर्देशनालयका अनुसार स्याङजा आधिखोला १ का २८ वर्षीय पुरुष, तनहुँ शुक्लागण्डकी की २० वर्षीया महिला र नवलपुर देवचुलीकी १५ की २३ वर्षीया महिलामा कोरोना देखिएको छ ।

यस्तै लमजुङको बेसिसहर २ का ४० वर्षीय पुरुष, ८ का ३१ वर्षीय दुई पुरुष सहित १८, २२, ३६ र ४० वर्षका ६ पुरुष, ३ का ३७ वर्षीय दुई पुरुष, तथा १३ र २३ वर्षीया दुई महिला, १० का २७ वर्षीय पुरुष तथा ७ का २३ वर्षीय पुरुष र ४४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २६४ पुगेको छ ।

यसअघि आज विहान प्रदेशमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: