उपत्यकामा जारी निषेधाज्ञा फेरि एक साता थपियो

Share:

काठमाडौँ । उपत्यकामा जारी निषेधाज्ञा थप एक सातालाई लम्ब्याइएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।

निषेधाज्ञा थपिए पनि यसपटक भने केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ । एक प्रमुख जिल्ला अधिकारीका अनुसार त्यसबारे केहीबेरमा सूचना जारी गरेर जानकारी गराइनेछ ।

मंगलवार तीनवटै जिल्ला प्रमुख जिल्ला अधिकारीको भर्चुअल मिटिङले विभिन्न विकल्पसहित सहमतिमा निषेधाज्ञाको मोडालिटी गृहमा पठाइएको थियो।

उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए ।

त्यसपछि १० भदौमा पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको थियो । जुन दोस्रो पटक थप गरिएको निषेधाज्ञाको समय आज राति १२ बजेबाट सकिँदैछ।

कमेन्ट गर्नुहोस्
Share: