
काठमाडौं, पौष २४ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आफूले आगामी माघ ८ मा संविधान जारी नगर्ने गरी आउने दलहरुको प्रस्ताव नमान्ने बताएका छन् ।

मुस्लिम गठबन्धनले बुझाएको ज्ञापनपत्र बुझ्दै सभाध्यक्ष नेवाङले आफूले नेताहरुलाई विहीबार (आज)सम्मको समय दिएको र नेताहरुको जवाफको प्रतीक्षामा रहेको बताए ।
प्राविधिक रुपमा मात्र संविधानसभाको आयु चार वर्ष भएको भन्दै नेम्वाङले दलहरुले माघ ८ मा संविधान जारी गर्ने प्रतिबद्धता जनतासँग गरेकाले संविधान जारी हुनैपर्ने बताए ।
मुस्लिम गठबन्धनले मुस्लिम आयोग गठनलगायतका विषय संविधानमा समावेश गर्नुपर्नेलगायतका माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।
कमेन्ट गर्नुहोस्
