
पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण गरेका छन् ।
गण्डकी प्रदेशसभाले पारित गरी पठाएको सो विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम शुक्रबार प्रदेश प्रमुख शेरचनले प्रमाणिकरण गरेका हुन् ।
यसअघि, सो विधेयक गण्डकी प्रदेशसभाबाट पारित भइ सभामुख नेत्रनाथ अधिकारीले प्रमाणित गरेका हुन् ।
कमेन्ट गर्नुहोस्
